देशभर हिजोभन्दा सङ्क्रमित बढे, मृतक ११ जना

देशभर हिजोभन्दा सङ्क्रमित बढे, मृतक ११ जना

काठमाडौंः देशभर पछिल्लो २४ घण्टामा सङ्क्रमितको सङ्ख्यामा वृद्धि भएको छ। आज स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार एक हजार नौ सय ५७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ।

१२ हजार ६ सय ९२ जनाको परीक्षण गरिएकामा त्यति सङ्क्रमित फेला परेका हुन्। हिजो ११ हजार तीन सय ६५ जनामा परीक्षण गर्दा एक हजार पाँच सय ७० सङ्क्रमित फेला परेका थिए।

यस्तै पछिल्लो २४ घण्टामै पाँच हजार एक सय तीन जना सङ्क्रमणमुक्त पनि भएका छन्। योसँगै नेपालमा हाल सक्रिय सङ्क्रमितको सङ्ख्या ३६ हजार एक सय ८१ रहेको छ। 

निको हुने दर पनि बढेर ९५ प्रतिशत पुगेको छ। हाल नेपालमा एक सय ४० जना क्वारेन्टिनमा रहेका छन्। 

माघ २५, २०७८ मंगलबार १७:४१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।