लुम्बिनी विकास कोषको कोषाध्यक्षमा देवदहका भट्टराई नियुक्त

लुम्बिनी विकास कोषको कोषाध्यक्षमा देवदहका भट्टराई नियुक्त

बुटवलः लुम्बिनी विकास कोषको कोषाध्यक्षमा ढुण्डीराज भट्टराई ‘सिद्धिचरण’ नियुक्त भएका छन्। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले भट्टराईलाई नियुक्त गर्ने निर्णय गरेको हो।

रुपन्देही देवदह स्थायी घर भएका भट्टराई नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य तथा रुपन्देही सहइञ्चार्ज समेत हुन्। यसअघि उनले करिब तीन दशक मिडियामा क्रियाशील रहेर काम गरेका थिए।

माघ २५, २०७८ मंगलबार १७:२४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।