कागजातबिनै सिलाजित निर्यात गर्न खोज्ने अनिल पक्राउ

कागजातबिनै सिलाजित निर्यात गर्न खोज्ने अनिल पक्राउ

काठमाडौंः त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको कार्गो कम्प्लेक्सबाट आवश्यक कागजातबिनै निर्यात गर्न लागिएको करिब ३ केजी सिलाजित जस्तो देखिने अर्धठोस पदार्थसहित प्रहरीले काभ्रे नमोबुद्ध नगरपालिका-६ का २१ वर्षीय अनिल बुढाथोकीलाई आइतबार दिउँसो पक्राउ गरेको छ। 

कार्गो कम्प्लेक्सको एक्सपोर्टतर्फको एक्सरे एरियामा प्रहरीले स्क्रिनिङ गर्ने क्रममा 'डिएचएल एक्सप्रेस नेपाल प्रालि, काठमाडौं नेपाल केयुके बिल्डिङ सिनामंगल'को स्टिकरसहित ट्याग लगाएको कार्टुन फेला पारेपछि सामान डिलिभर गर्न खटिएका बुढाथोकीलाई पक्राउ गरेको हो।

उनलाई बरामद पदार्थसहित आवश्यक अनुसन्धान एवं कारबाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचर पठाइएको अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय गौचरले जनाएको छ।

माघ २५, २०७८ मंगलबार १६:५८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।