फेरि घट्यो नेप्से, कारोबार रकम भने बढेर ६ अर्ब २८ करोड पुग्यो

काठमाडौंः नेप्से परिसूचक आज घटेको छ। हिजो १५.६९ अंकले बढेको नेप्से आज १६.३० अंकले घटेर २८३५.५८ को विन्दुमा पुगेको छ।
यसअघि आइतबार नेप्से ४०.५७ प्रतिशतले घटेको थियो। नेप्सेमा निरन्तर निराशाजनक अंक देखिन थाले पनि आज कारोबार रकम भने हिजोको तुलनामा बढेको छ। आज २३० कम्पनीको ६ अर्ब २८ करोड ७२ लाख रुपैयाँ बराबरको एक करोड २० लाख ५३ हजार कित्ता शेयर खरिदबिक्री भएको छ। हिजो केवल पाँच अर्ब दुई करोड २० लाख रुपैयाँको कारोबार भएको थियो।
आज १३ उपसमूहमध्ये म्युचुअल फण्ड उपसमूहको परिसूचक ०.४७ प्रतिशत, निर्जीवन बीमाको ०.४३ प्रतिशत, उत्पादन तथा प्रशोधनको ०.३८ प्रतिशत, होटल तथा पर्यटनको ०.१२ प्रतिशत र व्यापार उपसमूहको ०.०९ प्रतिशतले बढेको छ।
आज जीवन बीमा उपसमूहको परिसूचक १.०७ प्रतिशतले घटेको छ। विकास बैंकको १.०२ प्रतिशत, लघुवित्तको ०.६५ प्रतिशत, वित्तको ०.३७ प्रतिशत, बैंकिङ्गको ०.३६ प्रतिशत र अन्यको ०.०९ प्रतिशत ओरालो लागेको छ।
कारोबार रकमका आधारमा आज अरुण भ्याली हाइड्रोपावर शीर्ष स्थानमा छ। कम्पनीको आज ३५ करोड ८५ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। हिजो नेपाल इन्फ्रास्ट्रक्चर बैंक कारोबारको हिसावले शीर्ष स्थानमा थियो। कम्पनीको ४९ करोड ३४ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो।
माघ २५, २०७८ मंगलबार १६:१२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।