फागुन ४ गते राष्ट्र उत्थान लघुवित्तको आईपीओ आउँदै

काठमाडौंः राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाले प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) जारी गर्ने भएको छ। कम्पनीले आउँदो फागुन ४ गते आठ करोड ५० लाख मूल्य बराबरको आठ लाख ५० हजार कित्ता आईपीओ जारी गर्न लागेको हो।
कम्पनीले जारी गर्ने शेयरको पाँच प्रतिशत अर्थात् ४२ हजार ५०० कित्ता सामूहिक लगानी कोषलाई बाँडफाँट गरिनेछ भने जारी पूँजी (रु २६ करोड)को ०.५ प्रतिशत अर्थात् १३ हजार कित्ता शेयर कर्मचारीलाई सुरक्षित गरिनेछ।
बाँकी रहने सात लाख ९५ हजार ५०० कित्ता शेयर खरिदका लागि सर्वसाधारणले फागुन ४ देखि ८ गतेसम्ममा आवेदन दिन पाउने कम्पनीले जारी गरेको आह्वान पत्रमा उल्लेख छ।
माघ २५, २०७८ मंगलबार १४:३७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।