सुन तोलाको ९३ हजार एक सय रुपैयाँ

काठमाडौँ : सुनको भाउ तोलामा पाँच सय रुपैयाँले बढेको छ। सोमबार ९२ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ मंगलबार बढेर ९३ हजार एक सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।
यस्तै तेजाबी सुनको भाउ तोलाको ९२ हजार ६ सय रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ। चाँदीको भाउ तोलामा पाँच रुपैयाँले बढेर १२ सय ६० रुपैयाँ कायम भएको छ।
माघ २५, २०७८ मंगलबार ११:२४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।