वैशाख ३० मा स्थानीय चुनाव : दल दर्ता आव्हान गर्ने आयोगको तयारी

काठमाडौं : निर्वाचन आयोगले स्थानीय चुनावमा भाग लिने दलहरूलाई दल दर्ताको आव्हान गर्ने तयारी भएको जनाएको छ।
मंगलबारबाट मतदाता नामावली सङ्कलनको काम बन्द गर्ने र दल दर्ताको आव्हान गर्ने आयोगले जनाएको छ।
आयोगले २०७९ वैशाख ३० मा स्थानीय चुनावको मिति घोषणा भएसँगै मतदाता नामावली सङ्कलनको काम रोक्न निर्देशन दिएको छ।
देशभरका निर्वाचन कार्यालयलाई मतदाता नामावलीको हालसम्मको विवरण पठाउन पनि निर्देशन दिइएको आयोगले जानकारी दिएको छ।
चुनावको मिति घोषणापछि मतदाता नामावली सङ्कलन गर्न कानुनले रोक लगाएको छ।
सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले वैशाख ३० मा एकै चरणमा स्थानीय चुनाव गर्ने मिति घोषणा गरेको थियो।
माघ २५, २०७८ मंगलबार ०८:५३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।