ब्राउन सुगरसहित कपनबाट पक्राउ परे तेन्जिङ शेर्पा

काठमाडौं : प्रहरीले काठमाडौँको कपन आकाशेधाराबाट लागु पदार्थसहित एक जनालाई पक्राउ गरेको जनाएको छ।
भोजपुर स्थायी ठेगाना भएका तेन्जिङ शेर्पा ब्राउन सुगर जस्तो धुलो पदार्थसहित पक्राउ परेका प्रहरीले जनाएको छ।
प्रहरीले उनको साथबाट १६.८ लागु पदार्थ बरामद गरेको जनाएको छ। प्रहरीका अनुसार थप अनुसन्धान भइरहेको छ।
माघ २५, २०७८ मंगलबार ०८:३१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।