प्रदेश १ का केही ठाउँमा पानी पर्ने सम्भावना 

प्रदेश १ का केही ठाउँमा पानी पर्ने सम्भावना 

काठमाडौं : प्रदेश १ का केही ठाउँमा हल्का वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

अहिले देशका पहाडी भूभागको मौसम आंशिक देखि सामान्य बदली रही तराईका केही भूभागमा हुस्सु र कुहिरो लागेको विभागले जनाएको छ। 

विभागले मौसम बुलेटिन निकालेर दिउँसो प्रदेश नं १, मधेस, बागमती र गण्डकी प्रदेशको मौसम आंशिक देखि सामान्य बदली रहने अनुमान गरेको छ।

विभागका अनुसार देशका पूर्वी तथा पश्चिमी भूभागका उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

विभागले चिसोबाट बच्न र त्यसको प्रभावबाट जोगिन आवश्यक सुरक्षा तथा सतर्कता अपनाउन अनुरोध पनि गरेको छ।

माघ २५, २०७८ मंगलबार ०७:३८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।