भारत-पाकिस्तान खेलमा दर्शकको क्रेज: बिक्री खुलेको केही घण्टामै सकियो टिकट

एजेन्सीः सन् २०२२ को अक्टुबर २३ मा भारत र पाकिस्तान टी ट्वेन्टी विश्वकपमा भिड्दै छन्। आठ महिनापछि हुने खेलको लागि आईसीसीले टिकट बिक्री खोलेको थियो।
तर टिकट खुलेको केही घण्टामै पूरै बिक्री भयो। अष्ट्रेलियाको मेलबर्न क्रिकेट ग्राउण्डमा हुने खेल अब हाउसफुल हुने भएको छ।
भारत-पाकिस्तान खेलका लागि करिब ६० हजार टिकट बिक्री भइसकेको छ। हालसम्म विश्वकपका लागि कुल दुई लाख टिकट बिक्री भइसकेको छ।
यस्तै विश्वकपको फाइनल खेल र अष्ट्रेलियाविरुद्ध इङ्गल्याण्ड र न्युजिल्याण्डको समूह चरणको खेलको टिकट पनि अत्याधिक बिक्री भएको छ।
हालसम्म भारत एक पटक मात्र दुबईमा भएको टी ट्वेन्टी विश्वकपमा पाकिस्तानसँग पराजित भएको छ।
माघ २४, २०७८ सोमबार २२:२९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।