मृतक र सङ्क्रमित दुवैको सङ्ख्या बढ्यो

मृतक र सङ्क्रमित दुवैको सङ्ख्या बढ्यो

काठमाडौंः नेपालमा पछिल्लो २४ घण्टामा एक हजार पाँच सय ७० नयाँ सङ्क्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार ११ हजार तीन सय ६५ जनामा परीक्षण गर्दा एक हजार पाँच सय ७० सङ्क्रमित थपिएका हुन्।

यसअघि हिजो एक हजार तीन सय ८६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको थियो। आज थोरै सङ्क्रमित बढेका हुन्।

यस्तै पछिल्लो २४ घण्टामै सङ्क्रमणका कारण १३ जनाको मृत्यु पनि भएको छ। हिजो ११ जनाको मृत्यु भएको थियो।

यता यहि अवधिमा ६ हजार एक सय ४६ जना निको पनि भएका छन्। योसँगै नेपालमा हाल सक्रिय सङ्क्रमितको सङ्ख्या ४० हजार एक सय ११ रहेको छ। 

निको हुने दर पनि बढेर ९४.६ पुगेको छ। हाल नेपालमा एक सय ३७ जना क्वारेन्टिनमा रहेका छन्। 

माघ २४, २०७८ सोमबार १७:५५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।