पाँच घण्टा खोजेपछि फेला परे हिउँ खेल्न जाँदा हराएकाहरू

पाँच घण्टा खोजेपछि फेला परे हिउँ खेल्न जाँदा हराएकाहरू

काठमाडौंः हिउँ खेलेर फर्किनेक्रममा हराएका पाँच जना फेला परेका छन्। प्रहरीले उनीहरूलाई गए राति चन्द्रागिरि जङ्गल क्षेत्रबाट सकुशल उद्धार गरेको हो।

आइतबार हिउँ खेल्न गएका चन्द्रागिरि नगरपालिका-६ महादेवस्थानका एकै परिवारका २३ वर्षीया रिता गुरुङ, १५ वर्षीया सौभाग्य गुरुङ, १३ वर्षीय सहज गुरुङ, ११ वर्षीया जेनिसा गुरुङ र ७ वर्षीय एरविन गुरुङलाई प्रहरीले उद्धार गरेको हो।

महानगरीय प्रहरी वृत्त थानकोट, महानगरीय नगर प्रहरी कार्यालय भृकुटीमण्डप तथा विपद् व्यवस्थापन गुल्म सामाखुशीबाट खटिएको संयुक्त प्रहरीको टोलीले लगातार पाँच घण्टाको खोजी पश्चात् उनीहरूलाई सकुशल उद्धार गरेको हो। 

उनीहरूको स्वास्थ्य परीक्षण गराएर आफन्तको जिम्मा लगाइएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ।

माघ २४, २०७८ सोमबार १६:५३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।