इन्भेस्टमेन्ट बैंकले ल्यायो २० वर्षमा ६ गुणा हुने मुद्दती खाता योजना

इन्भेस्टमेन्ट बैंकले ल्यायो २० वर्षमा ६ गुणा हुने मुद्दती खाता योजना

काठमाडौँ : नेपाल इन्भेष्टमेन्ट बैङ्कले स्थापनाको ३६ औँ वार्षिकोत्सवको अवसरमा 'एनआइबिएल गज्जब ६ मुद्दती खाता' सञ्चालनमा ल्याएको छ।

भविष्यमा आफ्ना ग्राहकवर्गहरुलाई आइपर्ने आर्थिक व्यय भार, औषधोपचार, शैक्षिक खर्चका साथै अन्य सामाजिक दायित्व सहजतापूर्वक पूर्ति गर्न यो योजना ल्याएको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

विज्ञप्तिमा उल्लेख भए अनुसार यस मुद्दती खातामा निक्षेपको रकम २० वर्षमा ६ गुणा हुनेछ।मुद्दती खाता जुनसुकै उमेर समूहका व्यक्तिले खोल्न सक्ने, न्यूनतम दश हजारमा मुद्दती खाता खोल्न सकिने, निःशुल्क क्रेडिट कार्ड पाउन सक्ने छन्।

यसै गरी सावाँ तथा पाकेको ब्याजको ९०% सम्म कर्जा प्राप्त गर्न सकिने विज्ञप्तिमा उल्लेख छ।

नेपाल इन्भेष्टमेन्ट बैङ्कले सातै प्रदेशमा छरिएका ८८ शाखा, ३१ विस्तारित काउन्टर, ५८ शाखा रहित बैंकिङ्ग केन्द्र तथा १३१ एटिएम मार्फत बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ । पाँच पटकसम्म फाइनान्सियल टाइम्सबाट 'बैङ्क अफ द ईयर' अवार्ड पाइसकेको बैङ्क अन्तर्राष्ट्रिय प्रकाशन युरोनोमीबाट अनुकरणीय सेवा र व्यवसायका लागि 'बेस्ट बैङ्क '२०७५ र २०७८' युरोनोमी अवार्डबाट समेत पुरस्कृत भइसकेको छ। यसबाहेक, इक्रा नेपाल ( अन्तर्राष्ट्रिय क्रेडिट रेटिङ एजेन्सी- नेपाल) ले बैङ्कलाई 'ए' वर्गको क्रेडिट रेटिङ दिएको छ।

माघ २४, २०७८ सोमबार १६:५२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।