१५.६९ अंकले बढ्यो नेप्से, कारोबार घटेर पाँच अर्बमा

काठमाडौंः नेप्से परिसूचक आज १५.६९ अंकले बढेको छ। हिजो ४०.५७ प्रतिशतले घटेको नेप्से आज बढेर २८५१.८६ को विन्दुमा पुगेको हो।
आज विभिन्न दुई सय २४ कम्पनीको ९५ लाख १२ हजार पाँच सय ८० कित्ता शेयर किनबेच भएको छ। आजको कारोबार रकम पाँच अर्ब दुई करोड २० लाख रुपैयाँको छ। नेप्सेको कारोबार रकम पनि अघिल्लो साताको तुलनामा ओरालो लागेको हो। गत साता आठ अर्ब रुपैयाँ बढीको कारोबार भएको थियो।
आइतबारकै तुलनामा पनि कारोबार रकम घटेको हो। हिजो पाँच अर्ब ८३ करोड ६४ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो।
आज बैंकिङ उपसमूहको परिसूचक ०.२१ प्रतिशतले घटेको छ। होटल तथा पर्यटन उपसमूहको परिसूचक पनि ०.१४ प्रतिशतले ओरालो लागेको छ। माइक्रोफाइनान्स उपसमूहको परिसूचक पनि ०.०८ प्रतिशतले घटेको छ।
कारोबारका हिसाबले आज नेपाल इन्फ्रास्ट्रक्चर बैंक शीर्ष स्थानमा छ। यस कम्पनीको ४९ करोड ३४ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। नेशनल हाइड्रोको २७ करोड ६६ लाख, र अरुण भ्याली हाइड्रोपावरको २५ करोड १६ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।
माघ २४, २०७८ सोमबार १६:०९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।