विद्युतको पोलबाट खसेर प्राधिकरणका कर्मचारीको मृत्यु

ताप्लेजुङः विद्युतको पोलबाट खसेर नेपाल विद्युत प्राधिकरण ताप्लेजुङ वितरण केन्द्रका एक कर्मचारीको मृत्यु भएको छ। पोलमा चढेर बिजुली बनाउने क्रममा खसेका प्राविधिक कर्मचारी फुङ्लिङ नगरपालिका–४ क्याम्पस लाइनका ४८ वर्षीय सूर्यप्रसाद केदेम लिम्बूको मृत्यु भएको हो।
सदरमुकाम फुङ्लिङ बजारको वीरेन्द्रचोक क्षेत्रमा बिजुली बनाउने क्रममा अचानक पोलबाट खसेर पक्की सडकमा बजारिएका उनी गम्भीर घाइते भएका थिए। तर उपचारका लागि तत्काल जिल्ला अस्पताल ताप्लेजुङ लगिए पनि उनलाई चिकित्सकले मृत घोषणा गरेका थिए।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
माघ २४, २०७८ सोमबार १५:३७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।