लुम्बिनीका मुख्यमन्त्रीको कार्यालय अगाडि झडप

बुटवल : लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुल प्रसाद केसीको कार्यालय अगाडि प्रहरी र एमालेको भातृ सङ्गठन अनेरास्ववियुका कार्यकर्ताबीच झडप भएको छ।
झडपमा अनेरास्ववियुका केन्द्रीय सचिवालय सदस्य बालकृष्ण पाण्डे, शेषकान्त पोखरेल, बुटवल नगर अध्यक्ष रोशन घिमिरे लगायत घाइते भएका अनेरास्ववियुले जनाएको छ।
पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि विरुद्ध तथा स्थानीय निर्वाचनको मिति तोक्नु पर्ने माग सहित मुख्यमन्त्री कार्यालय अगाडि धर्ना दिन पुगेका अनेरास्ववियुका कार्यकर्तालाई प्रहरीले रोक्न खोजेपछि झडप भएको अनेरास्ववियुले जनाएको छ।
माघ २४, २०७८ सोमबार १४:०७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।