सुनको भाउ तोलामा एक सय रुपैयाँले बढ्यो

काठमाडौँ : सुनको भाउ आइतबारको तुलनामा तोलामा एक सय रुपैयाँले बढेको छ। ९२ हजार पाँच सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ सोमबार ९२ हजार ६ सय रुपैयाँ कायम भएको छ।
यस्तै तेजाबी सुनको भाउ तोलाको ९२ हजार एक सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।
चाँदीको भाउ तोलामा पाँच रुपैयाँले बढेको छ। आइतबार १२५० रुपैयाँ रहेको चाँदीको भाउ सोमबार १२५५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ।
माघ २४, २०७८ सोमबार १३:३७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।