कमल थापाको छुट्टै छलफलबारे लिङदेनले भने, कुरा भइसक्यो, म जान्न 

कमल थापाको छुट्टै छलफलबारे लिङदेनले भने, कुरा भइसक्यो, म जान्न 

काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टीका निवर्तमान अध्यक्ष कमल थापाले केन्द्रीय पदाधिकारी र सदस्यहरूको छुट्टै बैठक बोलाएका छन्।

राप्रपाको एकता महाधिवेशनबाट अध्यक्षमा पराजित थापाले पार्टी कार्यालय बाहिर नवदुर्गा पार्टी प्यालेस सुकेधारामा छुट्टै बैठक बोलाएका हुन्। 

पार्टीलाई एक ढिक्का बनाएर लैजान थापाले पदाधिकारी र सदस्यहरूको छुट्टै बैठक बोलाएको जानकारी पाएको अध्यक्ष राजेन्द्र लिङदेनको बताए।

‘पार्टीको बैठक त आज छैन,पदाधिकारी र सदस्यहरूलाई निवर्तमान अध्यक्षले छलफल गर्न लाग्नु भएको रैछ,’अध्यक्ष लिङदेनले उकेरासँग भने,‘पार्टीलाई कसरी एक ढिक्का बनाएर लैजाने विषयमा छलफल गर्न लाग्नु भएको हो।’

थापासँग आफ्नो टेलिफोनमा कुराकानी भएको अध्यक्ष लिङदेनले सुनाए। ‘मेरो उहाँ(कमल थापा)सँग कुराकानी भयो,उहाँले एकता महाधिवेशनको चुनावमा आफूलाई सहयोग गरेका पदाधिकारी र सदस्यलाई बोलाउनु भएको रहेछ,’तपाई पनि जानु हुन्छ भन्ने प्रश्नमा उनले भने,‘मलाई बोलाउनु भएको छैन, मेरो कुराकानी भइसक्यो,म जाँदिन।’

थापाले दरबारको असहयोगले आफू राप्रपाको अध्यक्षमा पराजित भएको धारणा सार्वजनिक गरेका थिए। उनले सोमबार नयाँ पार्टी खोल्ने हल्ला चलेपछि अध्यक्ष लिङदेनले आइतबार पदाधिकारी बैठकमा छलफल गरेका थिए। 

थापा निकट पदाधिकारीले भने नयाँ दल दर्ता गर्ने तयारी स्वरूप छुट्टै छलफल हुन लागेको दाबी गरेका छन्। 

माघ २४, २०७८ सोमबार १२:१५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।