प्रकाशशरण महत : महामन्त्रीमा पराजित, प्रवक्तामा नियुक्ति

काठमाडौँ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी प्रवक्तामा डा.प्रकाशशरण महतलाई नियुक्त गरेका छन्।
१४ औँ महाधिवेशनमा महामन्त्रीमा पराजित महतलाई सभापति देउवाले पार्टी प्रवक्तामा नियुक्त गरेका हुन्।
१३ औँ महाधिवेशनपछि कांग्रेसको प्रवक्ता विश्वप्रकाश शर्मा थिए। शर्मा १४ औँ महाधिवेशनबाट निर्वाचित महामन्त्री छन्। सभापति देउवाले महतलाई केन्द्रीय सदस्यमा यसअघि मनोनीत गरेका थिए।
माघ २४, २०७८ सोमबार ११:०९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।