बुटवलमा ट्रकसँग कार ठोक्किँदा तीन जनाको मृत्यु

बुटवलमा ट्रकसँग कार ठोक्किँदा तीन जनाको मृत्यु

बुटवल : रुपन्देहीको बुटवल तामनगरमा सोमबार बिहान ट्रकसँग कार ठोक्किँदा तीन जनाको मृत्यु भएको छ। दुई जना गम्भीर घाइते भएका छन्।

रोकिराखेको लु २ ख ९७७२ नम्बरको ट्रकसँग लु ३ च ४४४२ नम्बरको कार ठोक्किँदा तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डिएसपी नविन पौडेलले जानकारी दिए।  

दुर्घटनामा बुटवल ११ का २८ वर्षीया  सविन थारु, २७ वर्षका गोविन्द चौधरी र बुटवल १२ का नविन श्रेष्ठको मृत्यु भएको पौडेलले जानकारी दिए। दुर्घटनामा बुटवल १२ का भागिरथ चौधरी र अनिश जिसी घाइते भएका छन्। ट्रक चालक फरार रहेका छन् । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

माघ २४, २०७८ सोमबार ०८:५१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।