भोलिबाट उपत्यकाको जोर-बिजोर हट्यो, सिट क्षमताभन्दा बढी यात्रु राख्न नपाइने

यस्तै सार्वजनिक सवारीका हकमा चालक र सहचालकले अनिवार्य फेस सिल्ड र मास्कको प्रयोग गर्नुपर्ने छ। यात्रुहरू पनि बिनामास्क यात्रा गर्न पाउने छैनन्।
सार्वजनिक सवारीलाई दैनिक स्यानिटाइज गर्नुपर्ने, लामो दूरीका सवारीले सकभर यात्रुलाई एन्टिजेन परीक्षण गराउनु पर्ने लगायतका निर्णय गरिएको छ।
यसअघि नै सार्वजनिक सवारीमा लागू भएको जोर-बिजोर भने अत्याधिक विरोध भएपछि हटाइसकिएको छ। एक साता यता निजी सवारी र ट्याक्सीमा जोर-बिजोर लागू थियो।
माघ २३, २०७८ आइतबार २०:५७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।