रोटी पकाइरहेकी राजकुमारीमाथि जब आफ्नै देवरले पेट्रोल छर्केर आगो लगाई हत्या गरे

जलेर गम्भीर घाइते भएकी २७ वर्षीया राजकुमारीलाई उपचारका लागि विराटनगरस्थित अस्पतालमा भर्ना गरिएको थियो। उपचारका क्रममा उनको मृत्यु भएको हो।
दुई दिनअघि परमेश्वरले राजकुमारीको शरीरमा पेट्रोल छर्केर आगो लगाएका थिए। ३० वर्षीय श्रीमान् रविनकुमारले आफू काम विशेषले घरबाहिर रहेको समयमा आफ्नै भाइले श्रीमतीको शरीरमा आगो लगाएको भन्दै प्रहरीमा उजुरी दिएका थिए।
प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेका अनुसार हाल परमेश्वर फरार छन्। उनको खोजी कार्य भइरहेको छ।
माघ २३, २०७८ आइतबार १९:५३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।