पर्वतीय दौड प्रतियोगिताको उपाधि पुरुषतर्फ कुलुङ र महिलातर्फ राईलाई 

पर्वतीय दौड प्रतियोगिताको उपाधि पुरुषतर्फ कुलुङ र महिलातर्फ राईलाई 

कुलुङले पुरुषतर्फको १२ किमि दौड ५० मिनेट ४८ सेकेण्डमा पूरा गरेका हुन्। त्यसैगरी राईले उक्त दूरी एक घन्टा सात मिनेट ५३ सेकेण्डमा पूरा गरेकी थिइन्। कुलुङले नगद २० हजारसहित मेडल र प्रमाणपत्र हात पारेका छन्। त्यस्तै राईले नगद १० हजारसहित मेडल र प्रमाणपत्र हात पारिन्।

त्यस्तै बैतडीका मोहनदेव जोशी ५२ मिनेट ३४ सेकेण्डमा पूरा गर्दै दोश्रो स्थान प्राप्त गरी नगद १५ हजार, सिन्धुलीका जितेन्द्र दनुवारले ५३ मिनेट ३० सेकेण्डमा पूरा गर्दै तृतीय स्थान हासिल गरी नगद १० हजार र धरानका मोहनकुमार राईले सान्त्वना स्थानस्वरूप नगद ५ हजार, मेडल र प्रमाणपत्र हात पारे।

महिलातर्फ दोश्रो स्थानका लागि उक्त दूरी एक घन्टा २२ मिनेट तीन सेकेण्डमा पूरा गर्दै पोखरा-१६ कि संगीता विकले नगद ८ हजार, तेश्रो स्थानमा स्याङजा टक्सारकी रिता गुरुङले एक घन्टा २४ मिनेट र पोखरा २५ हेमजाकी ओममायाँ फगामीले एक घन्टा २६ मिनेटमा पूरा गर्दै सान्त्वाना स्थान प्राप्त गरिन्। उनीहरूले जनही क्रमशः नगद रु पाँच र दुई हजारसहित मेडल र प्रमाणपत्र प्राप्त गरेका छन्।

त्यसैगरी प्रतियोगिता अन्तर्गत भएको वडा नं १६ तर्फको इभेन्टमा पुरुषतर्फ साजन विक, प्रकाश राई, राजकुमार क्षेत्री र अजेय गुरुङ क्रमशः प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुँदै क्रमशः नगद रु आठ, पाँच, तीन र दुई हजार हात पारेका छन्।

महिलातर्फ कोमली खड्का प्रथम भएकी छिन्। उनले नगद आठ हजार हात पारेकी छिन्। त्यस्तै अस्मिता नेपाली द्वितीय हुँदै नगद पाँच हजार प्राप्त गरेको कास्की जिल्ला एथलेटिक्स संघका अध्यक्ष हरि वरुवालले जानकारी दिए।

माघ २३, २०७८ आइतबार १९:४३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।