भारतीय ग्यास बुलेटको ठक्करले हेटौँडाका बुद्धिबहादुरको मृत्यु

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक देवेन्द्र दासका अनुसार आज दिउँसो मनहरीबाट हेटौँडातर्फ आउँदै गरेको बागमती प्रदेश ०३–००२ प ६८८० नम्बरको स्कुटरलाई सोही दिशाबाट आउँदै गरेको भारतीय एनएल –०१ एन २९९९ नम्बरको ग्यास बुलेटले ठक्कर दिँदा दुर्घटना भएको थियो।
दुर्घटनापछि स्कुटरमा सवार श्रेष्ठ घाइते भएको र उपचारको लागि चुरेहिल अस्पतालमा लगिएको थियो। तर केही बेरमा नै चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।
प्रहरीले ठक्कर दिने ग्यास बुलेटका चालकलाई नियन्त्रणमा लिएको छ। यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
माघ २३, २०७८ आइतबार १९:३४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।