अपहरणमा परेको नाटक गर्ने व्यक्ति दाङ प्रहरीको फन्दामा

कालीमाटीस्थित एक मन्दिरका कर्मचारी वलीले तुलसीपुर बजारको 'एकान्त होटेल'मा मदिरा र खाना खाएपछि आफू अपहरणमा परेको भनेर साथीहरूलाई झुटो खबर दिएका थिए। त्यसपछि वलीका साथीहरूले प्रहरीलाई वली अपहरणमा परेको खबर गरेपछि उनको खोजी सुरु गरिएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डीएसपी श्यामु अर्यालले जानकारी दिए।
‘वलीको फोन लागिरहेको थियो र हामीले फोन गर्दा पनि वलीले आफूलाई चार जना व्यक्तिले नीलो कारमा हालेर अज्ञात स्थलमा पुर्याएको झुटो कुरा गर्नुभएको थियो,’ डीएसपी अर्यालले भने, ‘रातभर हामी सुत्न पाएनौं र बिहान साढे तीन बजेतिर मात्रै तुलसीपुर ३ दमारगाउँबाट वलीलाई फेला पार्न सफल भएका हौं।’
होटेलमा खाना खाएर निस्केपछि उनी पैदल हिँडेर वीरेन्द्र चोक हुँदै गएको सिसीटिभी क्यामेराको फूटेजअनुसार प्रहरी वलीसमक्ष पुग्न सफल भएको हो।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
माघ २३, २०७८ आइतबार १८:२५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।