फागुन १ बाट विद्यालय खोल्न सिसिएमसीको सिफारिस, १२ वर्ष मुनिका हकमा आलोपालो

बैठकले फागुन १ बाट विद्यालय खोल्न सिफारिस गरे पनि १२ वर्ष भन्दा कम उमेर समूहकाहरुका हकमा भने आलोपालो नियम लगाउन सिफारिस गरेको छ। १२ वर्ष माथिको उमेर समूहका हकमा भने भौतिक रूपमै पठन पाठनका लागि सिफारिस गरेको छ।
सरकारले १२ वर्ष माथिका विद्यार्थीलाई कोरोना विरुद्धको खोपको दोस्रो मात्रा समेत लगाउन सुरु गरेको छ। फागुनसम्ममा अधिकांश विद्यार्थीले खोप पाउने भएकाले सरकारले १२ माथिका विद्यार्थीको हकमा भौतिक कक्षा चलाउन सिफारिस गरेको हो।
सिनेमा हलदेखि रेस्टुरेन्टसम्म खोल्न सिफारिस
बैठकले यस अगाडि पूर्ण प्रतिबन्ध लगाएको डान्सबार र दोहोरी साँझ बेलुका १० बजे बन्द गर्ने गरी फागुन १ मा खोल्न सिफारिस गरेको छ।
यसै गरी पार्टी प्यालेस र सिनेमा हल समेत खुल्ला गर्न सरकारलाई सिफारिस गरेको छ। बैठकले तत्काल जोर-बिजोर खुलाउन समेत सरकारलाई सिफारिस गरेको छ।
माघ २३, २०७८ आइतबार १८:१८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।