सङ्क्रमितको सङ्ख्या घटेको घट्यै, मृतकको घटेन

सङ्क्रमितको सङ्ख्या घटेको घट्यै, मृतकको घटेन

पछिल्लो केही दिन यता नेपालमा नयाँ सङ्क्रमितको सङ्ख्यामा कमी आइरहेको छ। हिजो सङ्क्रमितको सङ्ख्या एक हजार सात सय १४ रहेको थियो।  

यही अवधिमा नेपालमा सङ्क्रमणमुक्त हुनेको सङ्ख्या भने आठ हजार सात सय चार पुगेको छ। योसँगै नेपालमा सक्रिय सङ्क्रमितको सङ्ख्या ४५ हजार दुई सय ४८ पुगेको छ।

यता पछिल्लो २४ घण्टामा मृतकको सङ्ख्या भने ११ पुगेको छ। हिजो नौ जनाको सङ्क्रमणका कारण मृत्यु भएको थियो। 

यस्तै नेपालमा निको हुने दर पनि ९४.१ प्रतिशत पुगेको छ। 

माघ २३, २०७८ आइतबार १७:५६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।