देउवा-प्रचण्डलाई एमसीसीको निर्देशन: फेब्रुअरी २८ भित्र पारित गर्नु

देउवा-प्रचण्डलाई एमसीसीको निर्देशन: फेब्रुअरी २८ भित्र पारित गर्नु

काठमाडौंः मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी)ले प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'लाई फेब्रुअरी ३ मा पठाएको पत्र सार्वजनिक भएको छ। पत्रमार्फत यही फेब्रुअरी २८ भित्र एमसीसी पारित गर्न निर्देशन दिइएको छ।

यसअघि सेप्टेम्बर २९, २०२१ मा प्रधानमन्त्री देउवा र प्रचण्डले एमसीसीलाई पत्र पठाएको र त्यसमा २०२२ को सुरुआती समयमै एमसीसी पारित गर्ने संकल्प गरेको पत्रमा उल्लेख छ। 

पत्रमा एमसीसीका एक्टिङ चिफ एक्जिक्युटिभ अफिसर मोहम्मद बहले डिसेम्बर १४, २०२१ मा एमसीसीको बोर्ड अफ डिरेक्टर्सहरू भेटेर नेपालसँग गरिएको सम्झौताको पुनरावलोकन गरिएको र देउवा-प्रचण्डले पठाएको पत्रबारे छलफल गरिएको पनि उल्लेख छ। यस्तै देउवा-प्रचण्डले एमसीसीबारे फैलाइएको भ्रामक सूचनाविरुद्ध उभिने र सम्झौताका बारेमा जनचेतना फैलाउने संकल्प गरेको भन्दै एमसीसीले त्यसको तारिफ गरेको छ। 

यस्तै एमसीसीले देउवा-प्रचण्डलाई सांसदहरूसँग काम गर्न र फेब्रुअरी २८ भित्र सम्झौता पारित गर्न पनि निर्देशन दिएको छ।

यस्तो छ पत्र

माघ २३, २०७८ आइतबार १५:३७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।