भारतीय गायिका मङ्गेशकरको कोरोनाले लियो ज्यान 

भारतीय गायिका मङ्गेशकरको कोरोनाले लियो ज्यान 
तस्बिर बीबीसी

एजेन्सी : भारतीय गायिका लता मङ्गेशकरको कोरोना सङ्क्रमणबाट निधन भएको छ। कोरोना सङ्क्रमणपछि अस्पताल भर्ना भएकी मङ्गेशकरको ९२ वर्षको उमेरमा निधन भएको बीबीसीले जनाएको छ। 

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ट्वीटमा देशमा कहिल्यै पूर्ण नहुने रिक्तता छाडेर लता दिदी अस्ताएको उल्लेख गरेका छन्। 

मङ्गेशकरले ३६ भाषामा ३० हजार गीत गाएकी थिइन। सन् १९२९ सेप्टेम्बर २८ तारिखमा भारतको मध्य प्रदेश राज्यस्थित इन्दोर सहरमा उनको जन्म भएको थियो। 

माघ २३, २०७८ आइतबार ११:००:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।