सडकमा हिउँ जम्दा सोलुमा यातायात ठप्प  

सडकमा हिउँ जम्दा सोलुमा यातायात ठप्प  

सोलु : भारी हिमपातका कारण सिद्धिचरण राजमार्ग अवरुद्ध हुँदा हिमाली जिल्ला सोलुखुम्बुमा यातायातका साधन चल्न सकेका छैनन्।

सडक मार्गबाट जिल्ला भित्रिने मुख्य नाका पत्ताले क्षेत्रमा बाक्लो हिउँ जम्दा यातायातका साधन पूर्णरुपले बन्द भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ। 

बाहिरी जिल्लाबाट सोलुखुम्बुका लागि छुटेका सवारीसाधन ओखलढुङ्गाको ठाढे, टोड्के, विपलाटेलगायतका स्थानमा तीन दिनदेखि रोकिएका छन्। सोलुखुम्बुबाट छुटेका केही सवारी सोलुदूधकुण्ड नगरपालिका–११ बेलिडाँडामा रोकिएका छन्।

सडकमा हिउँ जम्ने र भौगोलिक अवस्थाका कारण दुर्घटनाको जोखिम हुने भएकाले यस्तो अवस्थामा अतिआवश्यक कामबाहेक यात्रामा ननिस्कन ट्राफिक प्रहरीले अनुरोध गरेको छ। 

माघ २३, २०७८ आइतबार ०८:०५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।