मौसम अपडेट : पहाडमा बदली, तराईमा हुस्सु र कुहिरो

काठमाडौं : जल तथा मौसम विज्ञान विभागले आइतबारदेखि मौसममा सुधार आउने जनाएको छ। विभागले मौसम बुलेटिन निकालेर पानी पर्ने सम्भावना नरहेको उल्लेख गरेको छ।
देशका पहाडी भूभागको मौसम आंशिक देखि सामान्य बदली रहेको विभागले जनाएको छ। तराईका केही स्थानमा हुस्सु र कुहिरो लागेको छ।
दिउँसो देशभरको मौसम आंशिक बदली देखि सामान्यतया सफा रहने अनुमान विभागले गरेको छ।
विभागका अनुसार राति प्रदेश १ र बागमती प्रदेशमा आंशिक देखि सामान्य बदली रही देशका बाँकी भूभागमा मौसम आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ।
माघ २३, २०७८ आइतबार ०७:३२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।