भोलिदेखि मौसममा सुधार, बुधबारदेखि पुनः अर्को प्रणाली विकास हुने

काठमाडौंः केही दिन यता देशभर न्यून चापीय प्रणालीका कारण कतै वर्षा र कतै हिमपात भएको थियो। आज रातिबाटै सो प्रणाली कमजोर हुँदै जाने रआइतबार मौसम सुधार हुने जल तथा मौसम विज्ञान विभागका मौसमविद् प्रतीभा मान्नधरले बताएकी छिन्।
“आइतबारदेखि दुई–तीन दिन मौसम सुधार हुने र बुधबार बिहीबारदेखि पुनः अर्काे मौसमी प्रणाली विकसित हुने सम्भावना देखिएको छ”, उनले भनिन्।
आज राति प्रदेश नं १, मधेश प्रदेश र बागमती प्रदेशमा आंशिकदेखि सामान्य बदली रही देशका अन्य प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहनेछ। तराईका भूभागमा मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
माघ २२, २०७८ शनिबार २१:४८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।