कोरोनाबाट निको हुने दर बढ्यो, पछिल्लो २४ घण्टामा एक हजार ७१४ मा सङ्क्रमण पुष्टि

काठमाडौंः नेपालमा पछिल्लो २४ घण्टामा एक हजार ७१४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार ८ हजार ५१३ जनाको परीक्षण गर्दा एक हजार ७१४ मा सङ्क्रमण देखिएको हो।
यस्तै पछिल्लो २४ घण्टामै चार हजार ७७१ जना सङ्क्रमणमुक्त पनि भएका छन्। योसँगै नेपालमा निको हुने दर पनि बढेर ९३.३ प्रतिशत पुगेको छ।
हाल नेपालमा ५२ हजार ७८० जना सक्रिय सङ्क्रमित रहेको मन्त्रालयले जनाएको छ। यस्तै पछिल्लो २४ घण्टामा थप ९ जनाको सङ्क्रमणका कारण ज्यान गएको छ।
माघ २२, २०७८ शनिबार १७:४०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।