स्याङ्जामा जीप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु

स्याङ्जामा जीप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु

स्याङ्जाः शनिबार बिहान जिल्लाको बिरुवा गाउँपालिका–३ धोबादीमा जीप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ। मृत्यु हुनेमा बिरुवा–३ खालीका २६ वर्षीय बेलबहादुर थापा (चालक) र सोही ठाउँ बस्ने ३२ वर्षीय भेषबहादुर थापा रहेका छन्। 

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी प्रवक्ता राजेन्द्रप्रसाद अधिकारीका अनुसार आज बिहान ८ः३० बजे बिरुवाबाट खालीतर्फ जाँदै गरेको ग१ज ५९३९ नंको जीप धोबादीस्थित भित्री सडक खण्डमा दुर्घटनामा परेको हो। जीप सडकबाट ५०० मिटर तल खसेको थियो।

प्रहरीले शव सङ्कलन गरी शव परीक्षणका लागि जिल्ला अस्पताल स्याङ्जा पठाएको जनाएको छ।

माघ २२, २०७८ शनिबार १६:४४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।