अष्ट्रेलियालाई टी ट्वेन्टी विश्वकप जिताउने प्रशिक्षक ल्याङगरले दिए राजीनामा

एजेन्सीः अष्ट्रेलियन राष्ट्रिय पुरुष क्रिकेट टोलीका मुख्य प्रशिक्षक जस्टिन ल्याङगरले पदबाट राजीनामा दिएका छन्। सन् २०१८ यता मुख्य प्रशिक्षकको भूमिकामा देखिँदै आएका ल्याङगरले आज पदबाट राजीनामा दिएका हुन्।
५१ वर्षीय ल्याङगरको आउँदो जुनमा कन्ट्रयाक्ट सकिँदै थियो। क्रिकेट अष्ट्रेलियाका अनुसार उनले त्यसअघि नै पदबाट राजीनामा दिएका हुन्।
ल्याङगर अष्ट्रेलियाको सफल प्रशिक्षकको रूपमा बिदा हुँदैछन्। उनकै प्रशिक्षणमा अष्ट्रेलियाले सन् २०२१ को टी ट्वेन्टी विश्वकपको उपाधि जितेको थियो भने इङ्गल्याण्डविरुद्धको एसेज श्रृङ्खला पनि जितेको थियो।
माघ २२, २०७८ शनिबार १५:५८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।