२९ वर्षीया नानीमाया खत्री लागूऔषधसहित पक्राउ

मकवानपुरः प्रहरीले लागूऔषधसहित एक महिलालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा बकैया गाउँपालिका-४ छतिवनकी हेटौंडा-११ मा बस्दै आएकी २९ वर्षीया नानीमाया खत्री रहेकी छिन्।
मकवानपुर प्रहरीले उनको कोठामा छापा मार्नेक्रममा २८० एम्पुल डाइजेपाम, २६८ एम्पुल फेनार्गन र २५० एम्पुल नुफिन गरी ७९८ एम्पुल लागूऔषध बरामद गरेको छ।
उनीमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
माघ २२, २०७८ शनिबार १५:२९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।