रोनाल्डोले पेनाल्टी मिस गर्दा म्यानचेस्टर युनाइटेड एफए कपको चौथो चरणबाटै बाहिरियो

काठमाडौं : क्रिस्टियानो रोनाल्डोले पेनाल्टी मिस गर्दा म्यानचेस्टर युनाइटेड फए कपको चौथो चरणबाटै बाहिरिएको छ। शुक्रबार राति भएको खेलमा म्यानचेस्टर मिडल्सबर्गसँग टाइब्रेकरमा पराजित भएको हो।
निर्धारित समयमा १-१ गोल भएपछि खेल अतिरिक्त समयमा गएको थियो। सो समयमा कुनै गोल हुन नसक्दा खेल पेनाल्टी सुटआउटमा गएको थियो।
पेनाल्टीमा पनि सहजै नजिता भने निसक्न सकेन । माथिल्लो चरणमा जाने टोलीको टुङ्गो लाग्न १६ वटा पेनाल्टी प्रहार गर्नु परेको थियो। जसमा म्यानचेस्टर मिडल्सबर्गसँग ७–८ ले गोलले पराजित भयो।
खेलको २०औं मिनेटमा क्रिस्टियानो रोनाल्डोले पेनाल्टी मिस गरेका थिए।
माघ २२, २०७८ शनिबार १०:४४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।