प्युठान जिप दुर्घटनामा मृत्यु हुने ११ वर्षकी बालिकासहित ७ जनाको नाम खुल्यो

प्युठान : प्युठानको ओखरपाटामा जिप दुर्घटना हुँदा मृत्यु भएका आठ मध्ये सात जनाको सनाखत भएको छ।
ग १ ज ५०९२ नम्बरको जिप दुर्घटनामा गौमुखी गाउँपालिका लिवाङका ३९ वर्षका बसन्त खड्का, वर्ष ११ की एसिला खड्का, वर्ष ४० कि बसन्ती खड्काको सनाखत भएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रवक्ता देवीप्रसाद गैरेले जानकारी दिए।
गैरेका अनुसार मृत्यु हुनेमा वर्ष २९ की केशबी खड्का, वर्ष ५० का बलबहादुर बुढा, वर्ष ३२ खिमबहादुर खत्री, वर्ष ५२ की मानवी खड्का छन्। अन्दाजी २२ वर्षकी महिलाको सनाखत हुन बाँकी छ।
बेहुला बेहुलीसहित पाँच जना घाइते भएका छन्। उनीहरूको जिल्ला अस्पताल बिजुवारमा उपचार भइरहेको प्रहरी कार्यालय प्युठानले जनाएको छ।
माघ २२, २०७८ शनिबार ०९:०४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।