दिउँसोदेखि मौसममा क्रमिक सुधार हुँदै जाने 

दिउँसोदेखि मौसममा क्रमिक सुधार हुँदै जाने 

काठमाडौं : शनिबार दिउँसोदेखि मौसममा क्रमिक सुधार हुँदै जाने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। अहिले देशभरको मौसम बदली भएको र कतिपय ठाउँमा पानी परिरहेको मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिइन। 

उनले दिउँसोदेखि मौसममा सुधार हुँदै जाने अनुमान गरिएको बताइन। अहिले देशका प्रदेश नं १, मधेस प्रदेश, बागमती र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रहेको विभागले जानकारी दिएको छ। 

विभागका अनुसार प्रदेश नं १, मधेस प्रदेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा तथा अन्य प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।

देशका पूर्वी तथा मध्य भूभागका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना समेत रहेको विभागले जनाएको छ। मौसमविद् मानन्धरले फेब्रुअरी पहिलो हप्ता काठमाडौँमा ४१.९ मिलिमिटर पानी परिसकेको जानकारी दिइन। ‘गत वर्ष लामो समय सुख्खा नै थियो, पानी परेको थिएन,’उनले उकेरासँग भनिन्,‘यो वर्ष मनसुन भित्रिए देखिनै पानी परिरहेको छ।’ 

उनले फेब्रुअरी तेस्रो साता देखि तापक्रम बढ्ने अनुमान गरिएको बताइन। 

माघ २२, २०७८ शनिबार ०८:००:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।