२४औं शीतकालीन ओलम्पिक्सको भव्य उद्घाटन, भारतले गर्‍यो 'कूटनीतिक बहिष्कार'

२४औं शीतकालीन ओलम्पिक्सको भव्य उद्घाटन, भारतले गर्‍यो 'कूटनीतिक बहिष्कार'

काठमाडौंः २४औं संस्करणको शीतकालीन ओलम्पिक्सको भव्य उद्घाटन भएको छ। चीनको राजधानी बेइजिङमा उद्घाटन भएको थियो। 

यो ओलम्पिक्समा ९१ राष्ट्रका तीन हजार खेलाडीको उपस्थिति रहनेछ। बेइजिङको नेशनल स्टेडियममा आजबाट ओलम्पिक्स सुरु भएको हो।

यता मानवअधिकारको हनन् भएको अवस्थामा पनि चीनलाई ओलम्पिक्स आयोजना गर्न दिइएको प्रति अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीको विरोध भइरहेको छ। कमिटीका अध्यक्ष टमस बाचले भने विविधतामा पनि मानवीय एकता नै ओलम्पिकको उद्देश्य भएको बताउँदै आएका छन्। 

भारतले भने यो ओलम्पिक्सलाई कूटनीतिक बहिष्कार गरेको छ। यसको अर्थ न आजको उद्घाटन समारोहमा भारतीय कुनै अफिसियल उपस्थित थिए, न त ओलम्पिक्सको अन्त्यको समारोहमा नै उनीहरू उपस्थित हुनेछन्। भारतको तर्फबाट स्की खेलाडी अरिफ खान मात्र उपस्थित हुनेछन्।

चीनले ओलम्पिक्सको परम्परागत टर्च रिलेमा सन् २०२० जुन १५को गलवान भ्याली झडपमा सहभागी एक कमाण्डरलाई समेत सहभागी गराएपछि भारतले यसको विरोधस्वरूप कूटनीतिक बहिष्कार गरेको हो।

माघ २१, २०७८ शुक्रबार २२:३७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।