अबको वर्ष पाँच लाख पर्यटक भित्र्याउन पूर्ण सहयोग गर्छु: मन्त्री आले

अबको वर्ष पाँच लाख पर्यटक भित्र्याउन पूर्ण सहयोग गर्छु: मन्त्री आले

काठमाडौंः संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री प्रेमबहादुर आलेले अबको वर्ष पाँच लाख पर्यटक भित्र्याउन पूर्ण सहयोग गर्ने बताएका छन्। मन्त्रालयमा आज शुक्रबार पर्यटन पुनरुत्थान समितिले आयोजना गरेको पहिलो बैठकमा उनले यस्तो बताएका हुन्।

कोभिड महामारीको प्रभाव अन्त्यसँगै अबको वर्ष सरकारको लक्ष्यअनुरूप पाँच लाख पर्यटक ल्याउन सरकार लागिपर्ने उनले बताएका हुन्। सन् २०२१ मा नेपालमा ३२ वर्ष यताकै सबैभन्दा कम एक लाख हाराहारी पर्यटक आएका थिए। सरकारले सन् २०२२ मा पाँच लाख पर्यटक भित्र्याउन राष्ट्रियस्तरको समिति समेत गठन गरेको छ। यस्तै सन् २०२३ मा १० लाख पर्यटक भित्र्याउने लक्ष्य राखिएको छ।

कार्यक्रममा मन्त्री आलेले भने, “कोरोनाले हाम्रो पर्यटन क्षेत्र पूर्णरूपमा धराशायी बनेको छ, पर्यटन प्रवर्द्धन तथा विकासका लागि के गर्नु पर्छ सरकार तयार छ।”

माघ २१, २०७८ शुक्रबार २१:३६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।