पासपोर्टको अनलाइन फर्म किर्ते गर्नेहरू पक्राउ

पासपोर्टको अनलाइन फर्म किर्ते गर्नेहरू पक्राउ

काठमाडौंः पासपोर्टको अनलाइन फर्म किर्ते गर्ने तीन जना पक्राउ परेका छन्। महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरी टोलीले त्रिपुरेश्वरस्थित राहदानी विभागको हाताबाहिर अनलाइन फर्म किर्ते गरी ठगी गर्ने तीन जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा सिन्धुपाल्चोक जुगल गाउँपालिकाका ३५ वर्षीय दिनेश तामाङ, लमजुङ बेशीशहर नगरपालिकाका ४० वर्षीय नवीनकुमार श्रेष्ठ र सुर्खेत वीरेन्द्रनगरका ३६ वर्षीय यमबहादुर थापामगर रहेका छन्। उनीहरूलाई बिहीबार पक्राउ गरिएको हो। उनीहरूले अनलाइन फर्म किर्ते गर्ने र सेवाग्राहीबाट रकम लिने गरेको सूचनाको आधारमा पक्राउ गरिएको हो। 

प्रहरीले उनीहरूबाट ४० हजार नगद, एक थान कम्युटर, एक थान ल्यापटप, एक थान प्रिन्टर र ५० थान किर्ते गरिएका कागजपत्र बरामद गरेको छ। उनीहरूलाई मुलुकी अपराध (संहिता), २०७४ को परिच्छेद–२५ अन्तर्गत दफा २७६ को ‘कीर्ते गर्न नहुने’ कसूरमा काठमाडौँ जिल्ला अदालतबाट सात दिनको अनुमति लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

माघ २१, २०७८ शुक्रबार २०:३६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।