मसलाको रुख र घर ढल्दा तीन जनाको मृत्यु

काठमाडौंः मधेश प्रदेशका दुई जिल्ला धनुषा र रौतहटमा हावाहुरीका कारण तीन जनाको मृत्यु भएको छ। शुक्रबारको हावाहुरीमा रुख र घर ढल्दा तीन जनाको मृत्यु भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ।
धनुषाको सबैला नगरपालिका-१२ मा विद्यालय परिसरमा मसलाको रुख ढल्दा ८ वर्षीया प्रतीमाकुमारी सदा र ७ वर्षीय अरविन्द सदाको मृत्यु भएको छ। दुवै जनाको टाउकोमा चोट लागेकाले घटनास्थलमै मृत्यु भएको प्रहरी उपरीक्षक वसन्त रजौरेले बताए।
यता रौतहटको बौधीमाई नगरपालिका- १ मा पनि हावाहुरीका कारण घर ढल्दा ४५ वर्षीया फुलमतिया देवीको मृत्यु भएको छ।
माघ २१, २०७८ शुक्रबार १९:३३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।