त्रियुगाको नहरमा डुबेर तीन वर्षीय बालकको मृत्यु

त्रियुगाको नहरमा डुबेर तीन वर्षीय बालकको मृत्यु

उदयपुरः जिल्लाको त्रियुगा नगरपालिका–७ मा नहरमा डुबेर तीन वर्षीय बालकको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार मृत्यु हुनेमा दोलखा स्थायी घर भई उदयपुरको त्रियुगा नगरपालिका–७ बस्दै आएका मधुसुदन अधिकारीका तीन वर्षीय छोरा लेखनाथ अधिकारी रहेका छन्।

त्रियुगा नदीको नहरमा बिहीबार दिउँसो खेल्न गएका बालक अचानक डुबेका थिए। बालकलाई खोज्ने क्रममा अचेत अवस्थामा डुबिरहेका भेटेपछि तत्काल उद्धार गरेर उपचारका लागि जिल्ला अस्पताल गाईघाट लगिएको थियो। प्रहरीका अनुसार उपचारकै क्रममा बालकको मृत्यु भएको हो।

बालकको मृत्युबारे प्रहरीले थप अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।

माघ २१, २०७८ शुक्रबार १७:५७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।