देशभर २५२६ सङ्क्रमित थपिए, ८४२५ निको भए

देशभर २५२६ सङ्क्रमित थपिए, ८४२५ निको भए

काठमाडौंः स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार नेपालमा पछिल्लो २४ घण्टामा दुई हजार पाँच सय २६ नयाँ सङ्क्रमित थपिएका छन्। ११ हजार ७३ जनाको नमूना परीक्षण गरिएकोमा दुई हजार पाँच सय २६ नयाँ सङ्क्रमित थपिएका हुन्।

यस्तै यही अवधिमा निको हुनेको सङ्ख्या भने आठ हजार चार सय २५ रहेको छ। मृत्यु भने यो अवधिमा बढेको छ। पछिल्लो २४ घण्टामा १६ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ।

यस्तै हाल नेपालमा ५६ हजार चार सय ५७ सक्रिय सङ्क्रमित रहेका छन्। एक सय ३३ जना क्वारेन्टिनमा रहेका छन्। नेपालमा पछिल्लो समय निको हुने दर पनि बढेर ९२.९ प्रतिशत पुगेको छ।

हाल काठमाडौं उपत्यकामा भने सक्रिय सङ्क्रमितको सङ्ख्या २९ हजार एक सय ८३ रहेको छ। काठमाडौंमा मात्र १६ हजार तीन जना सक्रिय सङ्क्रमित रहेका छन्। भक्तपुरमा तीन हजार आठ सय २९ र ललितपुरमा नौ हजार तीन सय ५१ सक्रिय सङ्क्रमित छन्।

माघ २१, २०७८ शुक्रबार १६:२२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।