गण्डकीमा थप दुई सय ३८ जनामा सङ्क्रमण पुष्टि, एक जनाको मृत्यु

पोखराः गण्डकी प्रदेशमा थप दुई सय ३८ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ। पछिल्लो २४ घण्टामा सात सय चार जनामा गरिएको नमूना परिक्षणमा दुई सय ३८ जनामा सङ्क्रमण देखिएको हो। सङ्क्रमितमध्ये एक सय तीन महिला र एक सय ३५ पुरुष रहेका छन्।
प्रदेशमा विभिन्न जिल्लाहरूमा गरिएको नमूना परीक्षणमा सबैभन्दा धेरै सङ्क्रमित कास्कीमा भेटिएको प्रदेश स्वास्थ्य आपत्कालीन कार्यसञ्चालन केन्द्रका सञ्योजक नवराज शर्माले जनाकारी दिए। उनका अनुसार कास्की ९०, पर्वत २०, लमजुङमा १६, तनहुँमा ६, नवलपरासीपूर्वमा ११, स्याङजामा ५९, बागलुङ १२, गोरखा ४, मुस्ताङमा २ र म्याग्दीमा १८ जनामा सङ्क्रमण देखिएको हो।
योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको सङ्ख्या एक लाख चार सय ९२ पुगेको छ।
यस्तै पछिल्लो २४ घण्टामा गण्डकीमा कोरोना सङ्क्रमणबाट थप एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा स्याङजा भिरकोट नगरपालिका–७ का ७२ वर्षीय पुरुष रहेका छन्।
उनको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ। योसँगै गण्डकीमा कारोना सङ्क्रमणबाट मृत्यु हुनेको संख्या एक हजार चार सय ४१ पुगेको छ।
प्रदेशमा पछिल्लो २४ घण्टामा नौ सय ३५ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसँगै गण्डकीमा हालसम्म संक्रमणमुक्त हुनेको सङ्ख्या ९४ हजार चार सय ६२ पुगेको छ भने होम आइसोलेसनमा चार हजार पाँच सय १९ जना रहेका छन्।
त्यसैगरी गण्डकीमा सक्रिय सङ्क्रमितको संङख्या चार हजार पाँच सय ८९ पुगेको निर्देशनालयले जानकारी दिएको छ।
माघ २१, २०७८ शुक्रबार १६:०६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।