जाल्पा लघुवित्तको पाँच लाख २२ हजार कित्ता आईपीओ खुल्यो

जाल्पा लघुवित्तको पाँच लाख २२ हजार कित्ता आईपीओ खुल्यो

काठमाडौंः जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाले प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) खोलेको छ। आजदेखि कम्पनीले पाँच करोड २२ लाख मूल्य बराबरको पाँच लाख २२ हजार कित्ता आईपीओ बिक्री खुला गरेको हो।

निष्काशन गरिने शेयरमध्ये २६ हजार १०० कित्ता सामूहिक लगानी कोषलाई, आठ हजार कित्ता शेयर कर्मचारीलाई सुरक्षित गरिएको छ। यस्तै बाँकी रहने चार लाख ८७ हजार ९०० कित्ता शेयर खरिदका लागि सर्वसाधारणले आवेदन दिन पाउने कम्पनीले जनाएको छ।

सर्वसाधारणले यही माघ २५ सम्म न्यूनतम १० कित्तादेखि अधिकतम पाँच हजार दुई सय २० कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्।

माघ २१, २०७८ शुक्रबार १४:५२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।