गण्डकी प्रदेशमा भारी हिमपात : कतै उल्लास, कतै कष्ट

गण्डकी प्रदेशमा भारी हिमपात : कतै उल्लास, कतै कष्ट

पोखरा ः गण्डकी प्रदेशमा बर्षासँगै हिमपात भएको छ। एक सातादेखि अत्यधिक चिसो बढेको गण्डकीमा बिहीबार बेलुकादेखि भएको वर्षासँगै भारी हिमपात भएको हो।

पोखरा लगायत प्रदेशका विभिन्न जिल्लामा भारी हिममपात भएको छ । हिउँद याममा ठूलो वर्षा नहुँदा माघ महिना सुरु भएदेखि पोखराको आकाश नखुलेका कारण चिसो बढेको थियो। 

पोखरा महानगरपालिका वडा नम्बर २३, पञ्चासे, अन्नपूर्ण गाउँपालिकाको लुम्ले र अष्टे«लियन क्याम्पमा बाक्लो हिउँ परेको छ।

त्यसैगरी पोखरा–१६ को अर्मलाकोट, झुप्राङकोट, बलाङेको कालिलेक लगायका स्थानहरुमा बाक्लो हिउँ परेको छ। पञ्चासेमा करिब ३ फिट र अष्टे«लियन क्याम्पमा करिब १ फिट बाक्लो हिउँ जमेको छ। 

लुम्ले, पञ्चासे, अर्मलाकोट, झुप्राङकोट, बलाङेको कालिलेक र अष्टे«लियन क्याम्प लगायतका स्थानमा पोखराबाट ठूलो संख्यामा युवायुवती हिउँ खेल्न पुगेको स्थानीयले बताएका छन्। कास्कीको चर्चित पदमार्ग मर्दी हिमाल ट्रेकको हाइक्याम्प, लो क्याम्प र फरेष्ट क्याम्पमा बाक्लो हिमपात भएको छ। 

त्यसैगरी पर्यटकीय स्थलहरु घान्द्रुक, घोरेपानी र पुनहिल लगायतका स्थानमा समेत बाक्लो हिमापात भएको छ।

पदमार्गमा पर्ने पुलहिल घोडेपानी उल्लेरी लगायतका स्थानहरुमा बाक्लो हिउँपात भएको स्थानीय ब्यवसायी कमल पौडेलले बताए।

त्यस्तै, मादी गाउँपालिका– १ सिक्लेसमा पनि बाक्लो हिउँ जमेको छ। हिउँले गाउँलाई ढाकेर सेताम्मे भएको छ। हिउँ परेसँगै गाउँलेहरु हिउँमा रमाइरहेका छन्।

यस्तै छिमेकी जिल्ला पर्वतका उच्च पहाडी भूभागमा बाक्लो हिमपातका कारण सेताम्मे भएको छ। जलजला गााउँपालिकाको लेखफाँट, शालिजा, बाँसखर्क, क्याङ भुकताङले, हम्पालको लेक, पञ्चासे, डहरे र चिसापानीको लेकहरुमा तीन फिट बाक्लो हिउँ परेको छ।

त्यसैरी प्रदेशका मुस्ताङ, मानाङ, लमजुङ, गोरखा, बागलुङ र म्याग्दी लगायतका जिल्लाहरुमा समेत भारी हिमपात भएको छ।

वर्षासँगै हिमपात भएकाले जनजीवनका साथै गाईवस्तुलाई समेत समस्या भएको छ। हिमपातले गहुँ, आलु लगायत विभिन्न जातका फलफुललाई समेत क्षति पु¥याएको स्थानीय कृषकहरुले जानकारी दिएका छन्। हिमपातले कास्कीका ग्रामीण कच्ची सडकमा चल्ने सवारी साधन समेत ठप्प भएका छन्। 

माघ २१, २०७८ शुक्रबार ११:५२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।