हिमपातले भीमदत्त र पहलमानसिंह स्वाँर राजमार्ग अवरुद्ध

हिमपातले भीमदत्त र पहलमानसिंह स्वाँर राजमार्ग अवरुद्ध

काठमाडौं : वर्षासँगै परेको बाक्लो हिमपातका कारण सुदूरपश्चिमको भीमदत्त राजमार्ग अवरुद्ध भएको छ।

बिहीबार रातिदेखि लगातारको हिमपातका कारण अवरुद्ध भएको राजमार्गको हिउँ पन्छाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

राजमार्ग अवरुद्ध हुँदा सवारी साधन तथा यात्रु राजमार्गको गैरा तथा बुडर बजारमा रोकिएका छन्। सो राजमार्गमा पर्ने साहुखर्क, गैरा, हगुल्टेमा भारी हिमपात भएको छ।

यसैगरी डोटीको सिलगढी तथा अछामको साफे जोड्ने पहलमानसिंह स्वाँर राजमार्ग पनि हिमपातका कारण अवरुद्ध भएको छ।

डोटीको चौखुट्टैमा हिमपात हुँदा सवारी तथा यात्रु बीच बाटोमै अलपत्र परेको प्रहरीले जनाएको छ।

माघ २१, २०७८ शुक्रबार ११:०२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।