चट्याङ लागेर सुर्खेत र सल्यानमा दुई महिलाको मृत्यु

सुर्खेत : चट्याङ लागेर सुर्खेत र सल्यानमा दुई जनाको मृत्यु भएको छ।
सुर्खेतको भेरीगंगा नगरपालिका–११, साँदीखोलाकी ३५ वर्षीया नेकीसरा खत्री र सल्यानको बनगाड कुपिण्डे नगरपालिका–७, लाम्साराकी ४० वर्षीया रामकली कामीको चट्याङ लागेर मृत्यु भएको हो।
बिहीबार राति खत्री घरको छतमा निस्कने क्रममा चट्याङ लागि घाइते भएपछि मेहेलकुना अस्पतालमा उपचारको क्रममा मृत्यु भएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ।
यस्तै कामीको पनि घरमै सुतिरहेको अवस्थामा चट्याङ लागेर मृत्यु भएको प्रहरीले जनाएको छ।
माघ २१, २०७८ शुक्रबार १०:५१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।